परराष्ट्रमन्त्री श्रेष्ठ र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

परराष्ट्रमन्त्री श्रेष्ठ र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता


२४ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयमा राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्रीसँग भेट गरेका हुन् ।

भेटका क्रममा श्रीवास्तवले श्रेष्ठलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ । हिजो (बुधबार) मात्रै श्रेष्ठले परराष्ट्र मन्त्रालयको कार्यभार सम्हालेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस