सिन्धुलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सिन्धुलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु


२४ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । सिन्धुलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । साथै, एक जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्याक्टरमा सवार सिन्धुलीको फिक्कल गाउँपालिका–५ का ३० वर्षीय दिनेश काफ्ले रहेको प्रहरीले जनाएको छ ।

कमलामाई नगरपालिका–३ सोलाभन्झ्याङ तुफान डाँडास्थितभित्र सडकमा बुधबार राति ११ बजे प्र२-०३-००१ त४११३ नम्बरको सिमेन्ट र रड बोकेको ट्याक्टर दुर्घटना भएको थियो ।

दुर्घटनामा चालक तीन पाटनका गोपाल तोलाङगी र दिनेश काफ्लेको उद्धार गरी जिल्ला अस्पताल पुर्‍याइएको थियो । उनीहरू मध्ये काफ्लेको उपचारका क्रममा बिहीबार आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस