राजनीति हस्तक्षेप मुक्त गर्न विश्वविद्यालय ऐन सुधारको काम अघि बढाउँछु : मन्त्री सुमना श्रेष्ठ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राजनीति हस्तक्षेप मुक्त गर्न विश्वविद्यालय ऐन सुधारको काम अघि बढाउँछु : मन्त्री सुमना श्रेष्ठ


२३ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । नवनियुक्त शिक्षामन्त्री सुमना श्रेष्ठले पदभार ग्रहण गरेकी छन् ।

बुधबार शपथपछि सिंहदरवारस्थित शिक्षा मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेप मुक्त गर्न आवश्यक निर्णय गरिएको बताइन् ।

संघीय कानूनअनुसार स्थापना भएका ११ विश्वविद्यालयको कुलपति र उपकुलपति नियुक्त विज्ञहरूबाट गर्न मौज्युदा विश्वविद्यालय ऐन सुधार गर्न प्रारम्भिक काम कारबाही अघि बढाउने उनले बताइन् ।

मन्त्री श्रेष्ठले पढ्नका लागि विदेश जानुपर्ने अवस्थाको अध्ययन गर्ने बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस