‘राप्रपा कुनै पनि गठबन्धनमा सहभागी हुँदैन’ : विक्रम पाण्डे « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘राप्रपा कुनै पनि गठबन्धनमा सहभागी हुँदैन’ : विक्रम पाण्डे


२३ फाल्गुन २०८०, बुधबार


भरतपुर (चितवन) । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले आफ्नो पार्टी कुनै पनि गठबन्धन र सरकारमा सहभागी नहुने बताएका छन् । 

भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष पाण्डेले राप्रपा आन्दोलनमा जाने घोषणाका साथ अघि बढेकाले पार्टी अहिले त्यसैमा केन्द्रित रहेको बताए । 

उनले भने, “हामीले आन्दोलनको घोषणा गरिसकेका छौँ । चैत १६ गतेदेखि हाम्रो आन्दोलन सुरु हुन्छ । हामी कुनै पनि गठबन्धनको सरकारमा नजाने निर्णयमा अडिग छौँ ।”

फरक प्रसङ्गमा उहाँले मिटरब्याजपीडित, महिला, गरिब किसानका पक्षमा सरकारले काम गर्नुपर्नेमा उनले जोड दिए।

Tags :
प्रतिक्रिया दिनुहोस