शर्मिलाले फिर्ता लिइन् कँडेलविरुद्धको मुद्दा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

शर्मिलाले फिर्ता लिइन् कँडेलविरुद्धको मुद्दा


२३ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । दोहोरी कलाकार शर्मिला श्रेष्ठले इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलविरुद्ध दिएको मुद्दा फिर्ता लिएकी छन् ।

कँडेलले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै उनले गत १४ फागुनमा कँडेल विरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेकी थिइन् ।

शर्मिलाले कँडेलसँग कुनै सहमति नगरी हिजो एकतर्फीरुपमा मुद्दा फिर्ता लिएकी हुन् । निकट स्रोतका अनुसार सामाजिक सञ्जालमा भएको चर्को ट्रोलले उनी निकै हतोत्साहित बनेकी थिइन् । ट्रोल सहन नसकेर नै उनले मुद्दा फिर्ताको एकल निर्णय लिएको स्रोतको दाबी छ ।

कँडेलले आफूलाई गलत नियतका म्यासेजहरू गरेको तथा कोठामा जान खोजेको आरोप शर्मिलाले लगाएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस