चर्चामा गठबन्धनका मन्त्री र मन्त्रालय « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

चर्चामा गठबन्धनका मन्त्री र मन्त्रालय


२३ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । नयाँ गठबन्धनका दलहरूले आफूले पाउने मन्त्रालय र मन्त्रीहरूको टुङ्गो लगाउन व्यस्त छन् । बालुवाटारमा बुधवार बिहान बसेको बैठकमा दलहरू मोटामोटी मुख्य मन्त्रालयहरूको भागबन्डामा कुरा मिलेको छ ।

नेकपा एमालेलाई ८, माओवादी केन्द्रलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय दिने समझदारी बनेको छ । नेकपा एमाले, माओवादी केन्द्र र रास्वपाले आफ्नो दलको भागमा परेका केही मन्त्रालयहरूमा मन्त्री पठाउने तयारी गरेका छन् । तीनै दलले मन्त्रीहरूको नाम पठाए बुधवारै शपथ हुनेछ ।

स्रोतकाअनुसार एमाले उपप्रधानसहित रघुवीर महासेठको नेतृत्वमा सरकारमा सहभागी हुने छ । एमाले भौतिक योजना, रक्षा लगायतका मन्त्रालय लिने तयारीमा छ । पदम गिरी एमालेबाट मन्त्री भइसकेका छन् । माओवादीले अर्थ र परराष्ट्र मन्त्रालय लिने चर्चा छ । माओवादीको तर्फबाट नारायणकाजी श्रेष्ठ परराष्ट्र र अर्थमा वर्षमान पुनको चर्चा छ ।

रास्वपाबाट सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री हुनेछन् । डीपी अर्याललाई श्रम मन्त्रालय, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने रास्वपाको तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस