बागमती सरकारबाट बाहिरिँदै काँग्रेस, सामूहिक राजीनामा दिँदै मन्त्री « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बागमती सरकारबाट बाहिरिँदै काँग्रेस, सामूहिक राजीनामा दिँदै मन्त्री


२३ फाल्गुन २०८०, बुधबार


काठमाडौँ। नेपाली काँग्रेस बागमती प्रदेश सरकारबाट बाहिरिने भएको छ ।

केन्द्रमा माओवादी केन्द्रले काँग्रेससँगको गठबन्धन तोडेपछि बागमती प्रदेश सरकारबाट काँग्रेस बाहिरिन लागेको हो ।

आज दिउँसो प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेललाई नेपाली काँग्रेसका ६ जना मन्त्रीहरूले सामूहिक राजीनामा बुझाउने नेपाली काँग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकार बताए ।

बागमती प्रदेशमा १२ वटा मन्त्रालयहरू मध्ये काँग्रेसले ६ वटा मन्त्रालयको नेतृत्व गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस