नेकपा एसको सचिवालय बैठक सुरु « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

नेकपा एसको सचिवालय बैठक सुरु


२३ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ । एमाले नेतृत्वको गठबन्धनमा सामेल हुनेरनहुने भन्ने विषयमा छलफल गर्न बैठक बसेको हो ।

नयाँ गठबन्धनमा सहकार्यको लागि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओली भेटेर आग्रह गरेका थिए । आज बस्ने बैठकले सरकारबारे निर्णय गर्ने समाजवादीका एक नेताले बताए ।

बैठकअघि नेकपा एसका सम्मानित नेता झलनाथ खनाल प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए । त्यसअघि ‘प्रचण्ड’सँगको भेटमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले नयाँ गठबन्धन बनाउँदा सल्लाह नगरिएको भन्दै असन्तुष्टि जनाएका थिए ।

तर, हिजो ‘प्रचण्ड’ र ओलीको संयुक्त भेटपछि अध्यक्ष नेपाल सकारात्मक भएका छन् । ‘प्रचण्ड’ सरकारलाई बहुमत पुर्‍याउन रोक्न आज विपक्षी गठबन्धनको प्रस्ताव लिएर काँग्रेस सभापति शेरबहादुर देउवा पनि नेपाल निवास कोटेश्वरमा पुगेका थिए । अहिले नेकपा एसलाई दुवै तर्फको नेताहरूको तानातानमा परेको छ । देउवाले सरकारमा जाने विषयमा हतारमा निर्णय नलिन नेपाललाई सुझाव दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस