सुनको मूल्य वृद्धि : तोलाको एक लाख २३ हजार पाँच सय « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सुनको मूल्य वृद्धि : तोलाको एक लाख २३ हजार पाँच सय


२३ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुन : नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख २३ हजार पाँच सय तोकिएको छ । अघिल्लो दिन त्यस दिनसम्मकै उच्च दर प्रतितोला रु. एक लाख २३ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु. पाँच सयले बढेर नयाँ उचाइमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख २२ हजार नौ सय कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख २२ हजार चार सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा प्रतितोला रु. पाँचले घटेर रु. एक हजार चार सय ४० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस