संघीय निजामती सेवा विधेयकमाथि असन्तुष्टि जनाउँदै कर्मचारी सञ्जालले दियो आन्दोलनको चेतावनी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

संघीय निजामती सेवा विधेयकमाथि असन्तुष्टि जनाउँदै कर्मचारी सञ्जालले दियो आन्दोलनको चेतावनी


२३ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० बारे छलफल गर्न स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाल केन्द्रीय समितिले बैठक डाकेको छ । समितिले बैठकका लागि बिहीबार केन्द्रीय पदाधिकारी र ७ वटै प्रदेशका प्रदेश संयोजकहरूलाई काठमाडौँ बोलाएको हो ।

सञ्जालका संयोजक दिपक गौतम र महासचिव दिपक सिंह धामीद्वारा जारी विज्ञप्तिमा संसद्मा दर्ता भएको सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० ले आफ्ना मागहरू सम्बोधन नगरेको उल्लेख छ । स्थानीय तहका कर्मचारीहरूसँग भएको १९ बुँदे सहमतिको कार्यान्वयनमा सरकार अनुदार रहेको र कुनै पनि सहमति कार्यान्वयन नभएको विज्ञप्तिमा उल्लेख छ ।

विभिन्न पहल गर्दागर्दै पनि विधेयकमाथि थप छलफल नगरी स्थानीय तहका कर्मचारीहरूलाई बेवास्ता गर्दै अगाडि बढेमा आन्दोलन लगायत थप सशक्त सङ्घर्षका कार्यक्रम गर्ने सञ्जालले चेतावनी दिएको छ ।

सम्बन्धित समाचार : यस्तो छ संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयक

सम्बन्धित समाचार : सरकारसँग १९ बुँदे सहमति, स्थानीय तहका कर्मचारीको आन्दोलन फिर्ता

Tags :
प्रतिक्रिया दिनुहोस