गजुरी दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

गजुरी दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त


२३ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धादिङको गजुरी नजिकै त्रिशूली नदीमा बस खस्दा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन्। बुधबार सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्रीले ६ जनाको ज्यान जाने गरी भएको दुर्घटनाबाट आफू दुस्खी भएको जनाएका हुन्।

‘कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस गजुरीस्थित त्रिशूली नदीमा खस्दा ६ जना यात्रुको मृत्यु भएको खबरले दुस्खी तुल्याएको छ। मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ उनले लेखेका छन्।

उद्धार तथा घाइतेको उपचारको काम व्यवस्थित र प्रभावकारी तुल्याउन प्रधानमन्त्री प्रचण्डले प्रशासन संयन्त्रलाई निर्देशन समेत दिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस