आफ्ना सांसदलाई माओवादीमा नराखिदिन डा. बाबुराम भट्टराईले दिए आयोगमा निवेदन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आफ्ना सांसदलाई माओवादीमा नराखिदिन डा. बाबुराम भट्टराईले दिए आयोगमा निवेदन


२२ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई नेतृत्वले नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट जितेका आफ्ना पार्टीका जनप्रतिनिधिलाई छुट्टै दलको रूपमा अभिलेख गर्ने प्रक्रिया अगाडि बढाएका छन् । 

४ मंसिर २०७९ मा भएको प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा नेसपा र माओवादी केन्द्रले एउटै चुनाव चिह्न प्रयोग गरेका थिए ।

माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव जितेकाहरूमध्ये आफ्ना पार्टीका जनप्रतिनिधिलाई छुट्टै दलको रूपमा अभिलेख गरिदिन माग गर्दै नेसपाले निर्वाचन आयोग र संघीय संसद सचिवालयमा निवेदन दिएको हो ।

माओवादीको चुनाव चिह्नबाट संघीय संसदमा प्रत्यक्षतर्फ महिन्द्र राय यादव र समानुपातिक पद्धतिबाट उमरावती देवी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

बागमती प्रदेश सभामा सिन्धुली-२ (ख) बाट गंगानारायण श्रेष्ठ र गण्डकी प्रदेशसभामा गोरखा-२ (ख) बाट फणीन्द्र देवकोटा निर्वाचित भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस