झलनाथ खनालले भने-औपचारिक प्रस्ताव आए सरकारमा जान्छौँ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

झलनाथ खनालले भने-औपचारिक प्रस्ताव आए सरकारमा जान्छौँ


२२ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ गठबन्धन सरकारमा आफ्नो पार्टी पनि सहभागी हुनसक्ने बताएका छन्।

नेता खनालले सत्तारुढ गठबन्धनले औपचारिक प्रस्ताव गरे आफ्नो पार्टी सरकारमा संलग्न भएर जान सक्ने बताएका हुन्। ‘सरकारमा सहभागी हुनका लागि सत्तारुढ गठबन्धनले हाम्रो पार्टीसँग सम्मानजनक ढंगले वार्ता गर्नुपर्छ।’ उनले भने।

बुधबार बिहान सो पार्टीले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ।

नेता खनालले नीतिगत, कार्यक्रम, योजना र भिजनमा गठबन्धनले यसरी जान्छौँ भन्ने खाका प्रस्तुत गरे सरकारमा जान कुनै समस्या नहुने प्रारम्भिक प्रतिक्रिया दिए।

सरकारमा जानका लागि सत्तारुढ गठबन्धनसँग याचना नगर्ने उनको अडान थियो। नेता खनालले सत्तारुढ गठबन्धनले सहमतिका साथ जानका लागि गरिएको प्रस्ताव आफ्नो पार्टीले अस्वीकार नगर्ने पनि जनाएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस