एमालेको प्रमुख सचेतकमा बर्तौला र सचेतकमा बराल नियुक्त « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एमालेको प्रमुख सचेतकमा बर्तौला र सचेतकमा बराल नियुक्त


२२ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौला नियुक्त भएका छन् । संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकमा बर्तौला र सचेतकमा सुनिता बराललाई मनोनयन गरेका हुन् ।

प्रमुख सचेतक पदम गिरी मन्त्री भएपछि यसअघिका सचेतक बर्तौलालाई प्रमुख सचेतकमा बढुवा गरिएको हो। सचेतक बनेकी बराल समानुपातिक सांसद हुन्।

बर्तौला मकवानपुर-२ बाट प्रत्यक्ष निर्वाचित भएर आएका सांसद हुन्। प्रमुख सचेतक बनेका बर्तौला र सचेतक बराल दुवैजना अनेरास्ववियुको राजनीति गरेर आएका युवा नेता हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस