टी-२० त्रिकोणात्मक सिरिज : आज नेपाल र नेदरल्यान्ड्स भिड्दै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

टी-२० त्रिकोणात्मक सिरिज : आज नेपाल र नेदरल्यान्ड्स भिड्दै


२२ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । टी-२० त्रिकोणात्मक सिरिजको फाइनलका लागि आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ।

खेल आज बिहान साढे ११ बजे कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

यसअघि समूह चरणको अन्तिम खेल अस्ति वर्षाका कारण पूरा हुन नसकेपछि नामिबिया र नेदरल्यान्ड्सले १-१ अङ्क बाँडेका थिए । नेदरल्यान्ड्स ४ खेलमा ५ अङ्कसहित फाइनलमा पुगेको हो । नेपाल ४ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा रहेर फाइनल खेल्न लागेको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस