महिला अधिकार सुनिश्चित गर्नुपर्नेमा पूर्वराष्ट्रपतिको जोड « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

महिला अधिकार सुनिश्चित गर्नुपर्नेमा पूर्वराष्ट्रपतिको जोड


२१ फाल्गुन २०८०, सोमबार


छिन्चु (सुर्खेत) । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला अधिकारलाई सुनिश्चित गर्न देशभरका महिला एक भएर लाग्नुपर्नेमा जोड दिएकी छन् ।  

वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशस्तरीय महिला सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीले महिला अधिकार संरक्षणमा लाग्नुपर्ने बताएकी हुन् ।

उनले नेपालमा महिला अधिकार र महिला सशक्तीकरणमा उल्लेखनीय सुधार गर्नुपर्नेमा जोड दिइन् । सामाजिक न्याय, महिला अधिकार र लैङ्गिक अधिकार, सामाजिक जागरण, सचेतना अभियानको परिणामस्वरुप महिला अधिकारको क्षेत्रमा उल्लेखनीय सुधार भएको उनले बताइन् ।  

विसं २०६३ जेठ १३ गते पुनः स्थापित प्रतिनिधि सभाले महिलाका अधिकारसम्बन्धी चारबाट विधेक ल्याएर महिलाको अधिकार पूर्ण रूपमा सुनिश्चित गरेको बताइन् । यसैगरी, २०७२ सालमा बनेको देशको नयाँ संविधानले पनि महिलाको हक अधिकार सुनिश्चित बनाएको बताइन् । उनले, प्रजननको हक र महिला स्वास्थ्य, शिक्षा, लैङ्गिक समानता कायम गर्नेतर्फ पुरुषहरूले पनि गम्भीर भएर सहयोग गर्नुपर्ने बताइन् । 

उनले भनिन्, “महिलाहरू आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रूपमा पछि परेकाले अब त्यो अवस्थालाई चिर्दै आफ्ना हक अधिकार प्राप्तिमा निरन्तर लागिपर्ने बताइन् ।  तीन तहका सरकारमा महिलालाई नीति निर्माणमा समान रूपमा  सहभागी बनाउनुपर्नेमा जोड दिइन् । 

Tags :
प्रतिक्रिया दिनुहोस