गृह मन्त्रालयमा एमाले र रास्वपाबीच रस्साकस्की « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गृह मन्त्रालयमा एमाले र रास्वपाबीच रस्साकस्की


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच गृह मन्त्रालय कसले लिने भन्नेमा रस्साकस्सी चलेको छ । ०७९ पुस १० गते एमालेको समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउँदा रास्वपा सभापति रवि लामिछानेलाई उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

त्यसैमा टेकेर लामिछानेले आफ्नो पार्टीले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय नै पाउनुपर्ने अडान राखेका छन । उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय पाउँदा पार्टीबाट आफैले नेतृत्व गरेर सरकारमा जाने चाहना लामिछानेले राखेका छन । तर, एमालेले विकसित पछिल्ला घटनाक्रम देखाएर गृह मन्त्रालय आफ्नो पार्टीले लिन चाहिरहेको एक नेताले बताएका छन् । अर्थमन्त्री माओवादीका उपमहासचिव वर्षमान पुनलाई बनाउने बलियो सम्भावना छ ।

स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय आफूले पाउनुपर्ने अडान कायम राखेका छन् । गृह मन्त्रालयमा टुंगो लागि नसकेका कारण रास्वपाबाट पार्टीका उपसभापति डीपी अर्याललाई शपथ गराएको छ । उनको मन्त्रालयको विषय पनि टुंगो लागिसकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस