प्रधानमन्त्री ‘प्रचण्ड’ पुगे माधव निवास « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्री ‘प्रचण्ड’ पुगे माधव निवास


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर गएका छन् । बालुवाटारमा नवगठबन्धनको बैठक चलिरहँदा उनी बालुवाटारबाट एक्लै निस्केका हुन् ।

मन्त्रीहरूको शपथग्रहणपछि बालुवाटारमा गठबन्धनको बैठक बसिरहेको छ । बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव आइपुगेका छैनन् । अन्य नेताहरू बैठकमै छन् । ‘प्रचण्ड’ भने निस्केका हुन् ।

उनी माधव नेपाललाई गठबन्धनमा तान्ने हेतु फकाउन गएको अनुमान छ । अहिले नेपालसँग उनको छलफल भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस