रुखमा अड्किएका दुई प्याराग्लाइडरको सकुशल उद्धार « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

रुखमा अड्किएका दुई प्याराग्लाइडरको सकुशल उद्धार


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका-११ स्थित रमिते डाँडाबाट प्याराग्लाइडिङ गर्नेक्रममा सालको रुखमा अड्किएका दुई जना प्याराग्लाइडरको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

कास्कीको पोखरा महानगरपालिका १८ सारङकोट बस्ने २९ वर्षीय रवीन्द्र ढकाल (पाइलट) र त्रियुगा विशालनगर बस्ने २६ वर्षीय सिद्धान्त बस्नेत सोमबार रुखमा अड्किएका थिए ।

प्याराग्लाइडिङ गर्ने क्रममा हावाको प्रभावले प्याराग्लाइडर अनियन्त्रित उनीहरू नवोदय सामुदायिक बन चप्पनको जङ्गलमा करिब सय फिट अग्लो रुखमा अड्किएका थिए ।

घटनाबारे जानकारी पाएपछि उद्धारको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ त्रियुगा गण उदयपुरबाट सुरक्षा फौज परिचालित भई उनीहरूको सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस