आरक्षबाट सट्टाभर्ना पाउन बाँकी परिवारबारे अध्ययन गर्न आयोग गठन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आरक्षबाट सट्टाभर्ना पाउन बाँकी परिवारबारे अध्ययन गर्न आयोग गठन


२१ फाल्गुन २०८०, सोमबार


समायोजन

काठमाडौँ । सरकारले कोशीटप्पु वन्यजन्तु आरक्षबाट विस्थापित मध्ये जग्गा सट्टाभर्ना पाउन बाँकी ७५ परिवारबारे अध्ययन गर्न आयोग गठन गरेको छ । नेपाल सरकारले २४ चैत २०७८ मा विस्थापितका समस्या समाधान गर्न आयोग गठन भएको थियो ।

सो आयोगको प्रतिवेदनको प्रमाण खण्डमा उल्लेखित ७५ परिवारलाई जग्गा उपलब्ध गराउने सहितका विषयमा ३ महिनाभित्र काम सम्पन्न गर्ने गरी रकम चेम्जोङको अध्यक्षतामा उच्चस्तरीय आयोग गठन गरिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

सोमबार राजपत्रमा सूचना प्रकाशित गरी यस्तो सूचित गरिएको हो । मोरङको केचनामा जग्गा वितरण गरी बाँकी रहेको जग्गाको अतिक्रमिक क्षेत्र खाली गराई विस्थापित नागरिकलाई जग्गा दिने तयारी छ । यसका लागि समेत आयोगले पहल गर्ने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस