साफ यू-१६ फुटबलमा नेपालले भुटानलाई ३-० ले हरायो « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

साफ यू-१६ फुटबलमा नेपालले भुटानलाई ३-० ले हरायो


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । साफ यू-१६ महिला च्याम्पियनसिपमा आयोजक नेपालले भुटानलाई ३-० ले पराजित गरेको छ । नेपालले पहिलो हाफमा नै ३ गोल गरेको हो ।

नेपालका लागि १४ औँ मिनेटमा पूजा गिरीले गोल गर्दै अग्रता दिलाएकी थिइन् । उनले पेनाल्टी क्षेत्रबाट गरेको गोलले पोष्टको जाली चुमेको हो ।

पहिलो गोलको ४ मिनेटपछि कप्तान भूमिका बुढाथोकीले गोल गर्दै अग्रता दोब्बर बनाएकी हुन् । त्यस्तै खेलको ३१ औँ मिनेटमा नेपालका लागि ग्यान्सु डोल्मा लोले फ्रि किकबाट सिधै गोल गरेकी हुन् ।

डी बक्स बाहिर पाएको फ्रिकिक भुटानकी गोलरक्षक खेल्जाङ् वाङ्मोको हातको टुप्पामा लाग्दै गोल भएको हो । खेलको ३८ औँ मिनेटमा भुटानले पेनाल्टी मार्फत नेपाललाई गोल फर्काउने अवसर पाएको थियो । जसमा नेपालकी गोलरक्षक झरना डुम्राकोटीले उत्कृष्ट बचाउ गरिन् ।

दोस्रो हाफमा भने दुवै टिमले मौका बनाए पनि गोल भने हुन सकेन । नेपालले पहिलो खेलमा बंगलादेशसँग २-० ले पराजित भएको थियो । भुटान भने पहिलो खेलमा भारतसँग ७-० ले पराजित भएको थियो ।

नेपालले अब बिहीबार भारतसँग खेल्ने छ । यस प्रतियोगिताको फाइनल शीर्ष २ टिमबीच फागुन २७ गते आइतबार हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस