‘प्रचण्ड’ले अस्थिरताको नेतृत्व गरे : प्रदीप पौडेल « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

‘प्रचण्ड’ले अस्थिरताको नेतृत्व गरे : प्रदीप पौडेल


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन फेरेर अस्थिरताको नेतृत्व गरेको आरोप लगाएका छन् ।

काँग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसहित नयाँ समीकरणमा प्रधानमन्त्री ‘प्रचण्ड’ अघि बढेपछि नेता पौडेलले राजनीतिक स्थिरता र विकासको स्वाद अझै केही समय पाउन नसक्ने प्रस्ट रहेको बताए ।

उनले फेसबुकमा लेखेका छन्, ‘अहिले फेरिएको गठबन्धनले नेपाली राजनीतिक इतिहासमा अस्थिरताको अर्को शृङ्खला थपेको छ । जसको नेतृत्व स्वयं प्रधानमन्त्रीले गरेका छन् । नेपाली नागरिकले लामो समयदेखि खोजेको राजनीतिक स्थिरता र विकासको स्वाद अझै केही समय पाउन नसक्ने प्रस्ट संकेत यस्ता घटना र तिनको नेतृत्वकर्ताको व्यवहारले छर्लङ्ग पारेको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस