नयाँ गठबन्धनबारे निर्णय गर्न एकीकृत समाजवादीको बैठक बस्दै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नयाँ गठबन्धनबारे निर्णय गर्न एकीकृत समाजवादीको बैठक बस्दै


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आज सचिवालय बैठक बोलाएको छ । बदलिएको राजनीतिक परिस्थितिबारे छलफल गर्न दिउसो तीन बजे बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरणमा फेरबदल गरेसँग नेकपा एस कुन ध्रुव हुन्छ भन्ने स्पष्ट भइसकेको छैन ।

माओवादी बैठकले आज नेकपा एसलाई पनि नयाँ समीकरणमा समेट्ने निर्णय लिएको थियो । यसैका विषयमा छलफल गर्न पार्टी कार्यालयमा बैठक डाकिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस