सबै मन्त्रीहरूलाई हटाउने तयारी, आजै नयाँ मन्त्रिपरिषद् पुनर्गठन हुने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सबै मन्त्रीहरूलाई हटाउने तयारी, आजै नयाँ मन्त्रिपरिषद् पुनर्गठन हुने


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै मन्त्री फिर्ता बोलाउने भएका छन् । आज बिहान बसेको माओवादीको पदाधिकारी बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ले अहिले सबै मन्त्रीहरूलाई फिर्ता बोलाउने जानकारी गराएका हुन् ।

प्रधानमन्त्रीले अहिलेका सबै मन्त्री हटाउने र आजै सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । अब बन्ने नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)र जनता समाजवादी पार्टी(जसपा)बाट एक/एक जना मन्त्री बन्दैछन् ।

एमालेबाट प्रमुख सचेतक पदम गिरीको सरकारमा जाने टुङ्गो लागिसकेको छ । यस्तै, जसपाबाट अध्यक्ष उपेन्द्र यादव र रास्वपाबाट सभापति रवि लामिछाने आफैँ सरकारमा जाने तयारी गरेका छन् । माओवादी केन्द्रबाट भने उपमहासचिव वर्षमान पुन सरकारमा सहभागी हुने सम्भावना रहेको बताइएको छ ।

वर्तमान प्रचण्ड नेतृत्वको सरकारलाई काँग्रेस, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र जनमोर्चाको समर्थन रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस