प्रिमियर लिग : सिटीले युनाइटेडलाई ३-१ ले हरायो « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रिमियर लिग : सिटीले युनाइटेडलाई ३-१ ले हरायो


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ । गए राति घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ३-१ गोलले पराजित गरेको छ । 

खेलको ८ औँ मिनेटमा मार्कस र्‍यासफोर्डले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५६ औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका फिल फोडेनले गोल गर्दै खेलमा बराबरी गरे । फेरि खेलको ८० औँ मिनेटमा उनले नै दोस्रो गोल गरेर टोलीलाई अग्रता दिलाए । त्यसपछि इन्ज्युरी समयको पहिलो मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै सिटीको ३-१ को जित सुनिश्चित गरे ।

यो जितसँगै तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २७ खेलमा ६२ अङ्क भएको छ । पहिलो स्थानमा रहेको लिभरपुलको समान २७ खेलमा ६३ अङ्क छ । युनाइटेड उति नै खेलमा ४४ अङ्कसहित छैटौँ स्थानमा छ ।

यस्तै गए राति भएको अर्को खेलमा बर्नमाउथले बर्नलीलाई २-० गोलले हराएको छ । बर्नमाउथ २६ खेलमा ३१ अङ्कसहित १३ औँ र बर्नली २७ खेलमा १३ अङ्कसहित १९ औँ स्थानमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस