राष्ट्रिय सभामा एमालेले बनायो भगवती न्यौपानेलाई प्रमुख सचेतक « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

राष्ट्रिय सभामा एमालेले बनायो भगवती न्यौपानेलाई प्रमुख सचेतक


२० फाल्गुन २०८०, आइतबार


काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय सभामा भगवती न्यौपानेलाई दलको प्रमुख सचेतक चयन गरेको छ।

अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले न्यौपानेलाई राष्ट्रिय सभाका प्रमुख सचेतकमा आज मनोनयन गर्नुभएको हो । 

राष्ट्रियसभामा पार्टीका तर्फबाट प्रमुख सचेतक रहनुभएका भैरवसुन्दर श्रेष्ठको कार्यकाल आज समाप्त भएकाले सांसद न्यौपानेलाई मनोनयन गरिएको हो।

एमाले केन्द्रीय सदस्य न्यौपाने तनहुँबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्छन्।

Tags :
प्रतिक्रिया दिनुहोस