स्कुलबसको ठक्करबाट महिलाको मृत्यु भएपछि स्थानीय आन्दोलित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

स्कुलबसको ठक्करबाट महिलाको मृत्यु भएपछि स्थानीय आन्दोलित


२० फाल्गुन २०८०, आइतबार


काठमाडौँ । जनकपुरधाममा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। यस्तै, पाँचजना घाइते भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका २३ बिन्धीमा एन्जल्स सेकेन्डरी बोर्डिङ स्कुलको बसले हिँडिरहेकी महिलालाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । स्थानीयका अनुसार करिब ३५ वर्षीया राखीदेवी यादवको मृत्यु भएको हो।

दुर्घटनामा परेर घाइते भएकाहरूको विवरण भने आएको छैन ।

जिल्ला प्रहरी कार्यालय धनुषाले समेत सो दुर्घटनाको बारेमा आधिकारिक रूपमा बोलेको छैन ।

यता स्कुल बसको ठक्करबाट महिलाको मृत्यु भएपछि स्थानीयहरूले गाडीमा तोडफोड गर्नुका साथै टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस