पहिले गठबन्धन टुट्नुपर्छ, त्यसपछि हेरौँ न काँध थाप्ने-नथाप्ने : विष्णु पौडेल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पहिले गठबन्धन टुट्नुपर्छ, त्यसपछि हेरौँ न काँध थाप्ने-नथाप्ने : विष्णु पौडेल


२० फाल्गुन २०८०, आइतबार


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्ता गठबन्धन कुनै बेला पनि टुट्न सक्ने बताएका छन् ।

जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग उनले आफै भित्रका समस्या र अन्तर्विरोधका कारण गठबन्धन कुनै बेला पनि टुट्न र फुट्न सक्ने बताए । गठबन्धनभित्रको तमासा देखिरहेको तर त्यसमा चासो नराखेको उनले बताए ।

सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘के को काँध थाप्नु ? काँध थाप्ने/नथाप्ने प्रश्नै होइन नि । पहिले गठबन्धन टुट्नुपर्छ । त्यसपछि हेरौँ न ।’

Tags :
प्रतिक्रिया दिनुहोस