दुग्ध किसान र सरकारबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित   « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

दुग्ध किसान र सरकारबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित  


१९ फाल्गुन २०८०, शनिबार


काठमाडौँ । आन्दोलनरत दुग्ध किसान र नेपाल सरकारबीच पाँच बुँदे सहमति भएको छ । सहमतिसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू हाललाई स्थगन गरिने भएको हो ।

केन्द्रीय दुग्ध सहकारी संघ लि. नेपालले दुग्ध उत्पादक कृषकहरूबाट दूध बिक्री गरे बापत दुग्ध उद्योगहरूबाट पाउनुपर्ने रकम लामो समय देखि रोकिएकोले उक्त रकमको भुक्तानीको माग राखी फागुन ८ गतेदेखि विभिन्न किसिमबाट आन्दोलनका कार्यक्रम गरिरहेको थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालको उपस्थितिमा दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संस्था लि. नेपाल, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघका प्रतिनिधि र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवबीच किसानका मागहरू पूरा गर्ने सम्बन्धमा सहमति गरिएको हो । 

यस्ता छन् पाँच बुँदे सहमति :

Tags :
प्रतिक्रिया दिनुहोस