कोटीहोम महायज्ञमा आगलागी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कोटीहोम महायज्ञमा आगलागी


१९ फाल्गुन २०८०, शनिबार


काठमाडौँ ।  गत बिहीबारबाट सुरु भएको अछामको कोटिहोम महायज्ञमा आगलागी भएको छ। आज कोटीहोम महायज्ञमा आगलागी भएको हो। महायज्ञमा रहेका पाँचवटा कुण्डमध्ये एउटा कुण्ड जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

फागुन २५ गतेसम्म सञ्चालन हुने गरी अछामको वैद्यनाथ धाममा कोटीहोम लगाइएको थियो। नेपालका चार धाममध्येको एक पौराणिक, धार्मिक, ऐतिहासिक, पुरातात्त्विक, साँस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको वैद्यनाथ क्षेत्रमा १४४ वर्षमा कोटीहोम सुरु भएको थियो।

होम गर्ने बेलामा कुण्डबाटै आगो सल्केर आगलागी भएको प्रहरीले जनाएको छ। पाँचवटा कुण्डमध्ये एउटा कुण्ड मात्र जलेर नष्ट भएको तथा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। अहिले आगो नियन्त्रणमा आइसकेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस