एक्समा अब अडियो र भिडियो कल गर्न पाइने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एक्समा अब अडियो र भिडियो कल गर्न पाइने


१८ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । एक्समा अब सबैले अडियो र भिडियो कल गर्न पाउने भएका छन् । एलन मस्कले सोसल मिडिया प्लाटफर्म एक्स (साविक ट्वीटर) का विषयमा एउटा निकै लोकप्रिय तथा बहुप्रतिक्षित घोषणा गरेका छन् । 

यो सँगै अब एक्सका सबै खाले प्रयोगकर्ताले अडियो तथा भिडियो कलिङ फिचरको प्रयोग गर्न पाउनेछन् ।

पहिले यो फिचर केवल ब्लु टिक सशुल्क प्रयोगकर्ताका लागि मात्र सीमित भएकोमा अब आम एक्स प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ ।

एक्स प्लाटफर्म इन्जिनियर इनरिक ब्यारागनले यसको घोषणा गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस