शालिनको मृत्युबारे छानबिनको माग गर्दै प्रदर्शनमा उत्रिएका नेविसंघका नेता पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

शालिनको मृत्युबारे छानबिनको माग गर्दै प्रदर्शनमा उत्रिएका नेविसंघका नेता पक्राउ


१८ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । चितवनमा १३ वर्षीया शालिन पोखरेलको मृत्युबारे छानबिनको माग गर्दै नेपाल विद्यार्थी संघले आज काठमाडौँमा प्रदर्शन गरेको छ ।

संसद भवन अगाडि बानेश्वरमा उनीहरूले पोखरेलको बलात्कारपछि हत्या गरिएको दाबी गर्दै दोषीलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा नेपाल प्रहरीले केही विद्यार्थी नेताहरूलाई पक्राउ समेत गरेको नेविसंघका एक नेताले जानकारी दिए ।

उनीहरूलाई तत्काल रिहा गर्न नेविसंघले माग गरेको छ ।

चितवनको रत्ननगरमा रहेको एकता शिशु निकेतनमा अध्ययनरत १३ वर्षीया छात्रा शालिन पोखरेलको बलात्कारपछि हत्या गरिएको उनका आफन्तले दाबी गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस