छ मिनेट नबस्दै सकियो लुम्बिनी प्रदेश सभाको बैठक  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

छ मिनेट नबस्दै सकियो लुम्बिनी प्रदेश सभाको बैठक 


१८ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ। लुम्बिनी प्रदेश सभाको तेस्रो अघिवेशनको पहिलो बैठक छ मिनेट पनि नबस्दै सकिएको छ । 

छ महिनापछि शुक्रबार बसेको तेस्रो अधिवेशनको पहिलो बैठक शनिबार प्रधानमन्त्रीले सम्बोधन गर्ने भएकाले विवादरहित बनाउन छोटो गराइएको बताइएको छ । 

विभिन्न दलका सांसदहरुले प्रदेश सभामा सरकारले गर्न लागेको शिखर सम्मेलनका विषयमा मुख्यमन्त्रीसँग जवाफ माग्ने तयारीका साथ आफ्नो दलबाट निर्णय गराएका छन् ।

प्रदेश सभाको बैठक भदौ २६ देखि बस्न सकेको थिएन । प्रदेश सभाको बैठक बस्न नसक्दा प्रदेश सभा सदस्यहरू कामविहीन बनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस