परराष्ट्र मन्त्रालयले भन्यो-युक्रेनी सेनाको कब्जामा रहेका पाँच जना नेपाली सकुशल छन्  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

परराष्ट्र मन्त्रालयले भन्यो-युक्रेनी सेनाको कब्जामा रहेका पाँच जना नेपाली सकुशल छन् 


१८ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । रुसी सेनामा भर्ना भई युद्ध लड्ने क्रममा युक्रेनी सेनाको कब्जामा रहेको पाँच जना नेपाली सकुशल रहेको पुष्टि भएको छ । 

परराष्ट्र मन्त्रालय स्रोतले युक्रेन सरकारका प्रतिनिधिहरूले पाँच जना नेपालीलाई एकै स्थानमा राखेर बयान लिएको जनाएको छ ।

रुसी सेनामा गैरकानुनी रूपमा भर्ना भएका बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई, रोल्पाका प्रतीक पुन र गोरखाका ईश्वर लामिछाने युद्धका क्रममा युक्रेनी सेनाको कब्जामा परेका छन् ।

‘सबै नेपालीहरूलाई एकै स्थानमा राखेर बयान बुधबार बयान दिइएको थियो । नेपालीहरू पाँचै जनाले युक्रेनबाट रिहा भएपछि रुस जाने र सैन्य सम्झौता रद्द गरेर नेपाल फर्कने वाचा गरेका छन् । बयानका क्रममा एक जना नेपालीले दोभाषेको भूमिका निर्वाह गरेका थिए,’ युक्रेनका सरकारी प्रतिनिधिले परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्दै उक्त कुराको जानकारी दिएको छ । युक्रेनले उनीहरूलाई कहिले छाड्छ भन्ने बारेमा पनि जानकारी गराएको छैन

Tags :
प्रतिक्रिया दिनुहोस