मठाधीश साथीहरूले नेतृत्वलाई कब्जा गरे : जितेन्द्र देव « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

मठाधीश साथीहरूले नेतृत्वलाई कब्जा गरे : जितेन्द्र देव


१८ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य जितेन्द्र देवले संविधान संशोधन गरेर राष्ट्रिय सभालाई बलियो बनाउन माग गरेका छन् ।

६ वर्षे कार्यकाल पूरा गरेर बिदा हुनु अघिल्लो दिन शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा सम्बोधन गरेका देवले राष्ट्रिय सभालाई बलियो बनाउनुपर्नेमा जोड दिए । संविधान बनाउने बेला नै राष्ट्रिय सभालाई प्रतिनिधिमूलक, अधिकार सम्पन्न र गुणस्तरीय बनाउने कि नबनाउने भन्ने बहस भएको स्मरण गर्दै उनले भने, ‘गणितीय रूपमा त्यो विचारले जित्यो, जसले राष्ट्रिय सभालाई कमजोर बनाउने र प्रतिनिधि सभालाई मात्र अगाडि राख्न चाह्यो ।’

जसले राष्ट्रिय सभालाई अधिकार सम्पन्न बनाउन हुन्न भनेर भूमिका खेले, उनीहरूले नै लामो समयसम्म प्रतिनिधि सभामा प्रभुत्व जमाएर बसेको उनले बताए । त्यही कारण संयुक्त नियमावली बनाउने बेलामा समेत राष्ट्रिय सभाले सर्वसम्मत पास गरेका ५ वटै संशोधन स्वीकार नगरिएको भन्दै उनले भने, ‘प्रतिनिधिसभाका ती मठाधीश साथीहरू, जसले नेतृत्वलाई कज्याएका छन्, कब्जा गरेका छन् र नेतृत्वले पनि उनीहरूलाई मात्र बडा परिपक्व सांसद ठान्छन्, तिनीहरू टसकामस भएनन् । त्यसैले राष्ट्रिय सभा कमजोर हुन पुग्यो ।’

राष्ट्रिय सभाप्रति पार्टीकै शीर्ष नेताहरूको दृष्टिकोण पनि सकारात्मक नभएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस