एमालेद्वारा प्रधानमन्त्रीको राजीनामा माग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एमालेद्वारा प्रधानमन्त्रीको राजीनामा माग


१८ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । नेकपा (एमाले)का सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा मागेका छन् ।

‘द पायोनियर’ पोर्टलमा ‘इन्डिया इज अन द राइट ट्रयाक इन नेपाल’ भनेर लेखेको लेखमा सरका नबोलेको भन्दै राजीनामाको माग गरेका हुन् ।

प्रतिनिधि सभाको आज बसेको बैठकमा उनले अशोक मेहताले फेब्रुअरी २७ मा लेखेको उक्त लेख नेपाल र नेपालीका लागि आपत्तिजनक र अपमानजनक रहेको बताए । उक्त लेखमा चीनले स्तम्भ रहेको ठाउँमा नेपालको सिमाना मिचेको भनी लेखेको उल्लेख गरे । त्यो साँचो हो कि झुटो भन्दै उनले परराष्ट्र मन्त्रालय मौन रहेकोमा आपत्ति जनाए ।

“हाम्रो परराष्ट्रमन्त्री चुपचाप हुनुहुन्छ । उहाँलाई कहाँ फुर्सद थियो र नरेन्द्र मोदीजीकोमा हाजिरी बजाउन जानुभएको थियो,” पन्तले कटाक्ष गरे । लेखमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत चढ्नका लागि उपयुक्त पात्र भएको र काँग्रेस सभापति शेरबहादुर देउवा तबेलामा राखेको घोडा हुन् भन्दा परराष्ट्र मन्त्रालय र पार्टी नबोलेको भन्दै आपत्ति जनाए ।

“प्रधानमन्त्रीलाई दिल्लीको घोडा भन्दा बोल्न सक्नुहुन्न । कुन सुरुङमा लुकेर बस्नुभएको छ,” उनले माओवादीका नेतालाई प्रश्न गरे । उनले नेपाली काँग्रेस नबोलेको भन्दै आक्रोश पोखे । पन्तले प्रधानमन्त्रीले परराष्ट्र मन्त्रालयमार्फत खण्डन गर्न नसक्ने भए पद छाड्नु पर्ने बताए । “किन प्रधानमन्त्री भएर बस्नुभएको छ ? छोड्नुस् राजीनामा दिनुस्,” पन्तले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस