गगन थापाको आरोप : सम्पत्ति शुद्धीकरण र राजश्व विभाग प्रधानमन्त्रीको इच्छामा चल्छन् « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गगन थापाको आरोप : सम्पत्ति शुद्धीकरण र राजश्व विभाग प्रधानमन्त्रीको इच्छामा चल्छन्


१७ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान विभाग प्रधानमन्त्रीको इच्छाअनुसार चलेको आरोप लगाएका छन्।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै महामन्त्री थापाले यी दुई विभाग चल्ने छुट्टै कानूनी प्रावधान भए पनि कार्यकारीको इच्छा अनुसार चल्ने गरेको बताएका हुन् । 

उनले भने,  ‘कार्यकारी शक्ति हुनेहरूले सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान हतियार बनाउने गरेका छन्।’ 

राजनीतिक दलको प्रतिस्पर्धामा पनि सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान प्रयोग भएको आफूसँग प्रशस्त प्रमाण रहेको उनको दाबी छ।

महामन्त्री थापाले राजश्व अनुसन्धान विभागले राजश्व अनुसन्धानमा अर्थ मन्त्रालयसँग अलग भएर काम गर्दा विभागको उद्देश्य अनुसार काम गर्न अप्ठ्यारो भएको विषयमा जानकारी मागेका छन् ।   

उनले सम्पत्ति शुद्धीकरणले बेनामी उजुरीको आधारमा कुनै एक व्यवसायी वा राजनीतिज्ञलाई दुःख दिने माध्यमको रूपमा काम गरेको आरोप लगाए। ‘बेनामी उजुरी दर्तामा लैजाने वा नलैजाने भन्ने विषयमा पैसाको मोलमोलाइ हुन्छ भन्ने सुनेको छु’ उनले भने।

Tags :
प्रतिक्रिया दिनुहोस