फाइनल खेल्न नेपालले नामिबियालाई हराउनै पर्ने दबाब « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

फाइनल खेल्न नेपालले नामिबियालाई हराउनै पर्ने दबाब


१७ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । त्रिवि क्रिकेट मैदानमा चलिरहेको त्रिकोणात्मक टी-२० आई सिरिजमा भोलि शुक्रबार नामिबियासँग पराजित भए फाइनल खेल्न नपाउने समीकरण बनेको छ ।

नेदरल्यान्ड्स नेपाललाई २ रन र नामिबियालाई ५९ रनले हराउँदै ४ अंकका साथ शीर्षस्थानमा छ । नेपालले शुक्रबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । नामिबियाले नेपाललाई पहिलो खेलमा २० रनले हराएको थियो । शुक्रबारको खेल जितेमा नामिबियाको ४ अंक हुनेछ ।

नेपालले अन्तिम खेलमा नेदरल्यान्ड्सलाई हराउँदा २ अंक मात्रै हुन्छ । त्यसैले नेपाल नामिबियासँग पराजित भएमा फाइनल खेल्न नपाउने समीकरण प्रष्ट बनेको हो । फाइनल खेल्ने सम्भावना कायमै राख्न नेपालले शुक्रबार नामिबियालाई हराउनै पर्ने हुन्छ । नेपाल बाँकी दुबै खेलमा विजयी भएमा ४ अंक हुनेछ ।

यस्तो स्थितिमा फाइनल खेल्न नेपालले अन्य टोलीको नेट रनरेट र नतिजामा भर पर्नुपर्ने हुन्छ । नेपाल बाँकी दुबै खेलमा विजयी भएमा र आइतबार नामिबियाले नेदरल्यान्ड्ससँग हारेको खण्डमा भने सोझै फाइनलमा पुग्नेछ ।

शीर्ष दुई टोलीले त्रिकोणात्मक सिरिजको फाइनल खेल्नेछन् । फाइनल मंगलबार हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस