काठमाडौँका सम्पदाबारे जानकारी लिन क्यूआर कोड सेवा सञ्चालनमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काठमाडौँका सम्पदाबारे जानकारी लिन क्यूआर कोड सेवा सञ्चालनमा


१७ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र रहेका सम्पदाबारे क्यूआर कोड मार्फत नै जानकारी पाउन सकिने भएको छ ।

महानगरले नन्दिकेशर मन्दिर, शंकरकीर्ति महाविहार र नक्साल भगवती मन्दिरको चिनारी सम्बन्धी जानकारी दिने गरी क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको हो ।

सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्व बोकेका स्मारक घुम्न आउने आगन्तुकहरूले प्रविधिको प्रयोगमार्फत नै सम्पदाबारे जानकारी पाउन सहज होस् भन्ने उद्देश्यले क्यूआर सेवाको थालनी गरिएको महानगरले जनाएको छ ।

वडाले द सारङ्‍गको प्राविधिक सहयोगमा क्यूआर कोड राखेको हो । नेपाली, अंग्रेजी, जर्मन, हिन्दी, फ्रेन्च, चाइनिज, कोरियन, स्पेनिस, जापानिज, अरेबिक गरी १० भाषामा क्यूआर कोडको प्रयोग गरी अडियो मार्फत सम्पदाबारे जानकारी लिन सकिने महानगरले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस