राष्ट्रिय सभा अध्यक्षबारे गठबन्धनमा सहमति जुट्छ : माधव नेपाल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रिय सभा अध्यक्षबारे गठबन्धनमा सहमति जुट्छ : माधव नेपाल


१७ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा अध्यक्ष पदका लागि गठबन्धनभित्र सहमति जुट्ने दाबी गरेका छन् ।

बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रिय सभा अध्यक्ष पदमा गठबन्धनभित्रका दलको छुट्टाछुट्टै दाबी रहेपनि यसमा सहमति जुट्ने बताएका हुन् ।

गठबन्धनभित्र कुनै प्रश्न खडा नभएको र बलियो जगमा उभिएको उनको जिकिर थियो । ‘केही समस्या आए छलफल गरेर सहमतिमा पुग्छौँ । गठबन्धनभित्र दरार देखिए हल गर्छौँ’, उनले भने ।

अध्यक्ष नेपाल भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन सत्रमा सहभागी हुन चितवन आइपुगेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस