राप्ती प्रतिष्ठानमा सुरु भयो टोकन प्रणाली « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राप्ती प्रतिष्ठानमा सुरु भयो टोकन प्रणाली


१७ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजदेखि टोकन प्रणाली सुरु भएको छ । सेवालाई छिटोछरितो र भरपर्दो र व्यवस्थित बनाउने उद्देश्यले टोकन प्रणाली सुरु गरिएको हो ।

रिवन काटेर प्रणालीको सुरुवात गर्दै उपकुलपति डा. विकास लामिछानेले सेवालाई व्यवस्थित र छिटोछरितो बनाउन टोकन प्रणालीले सहयोग पुर्‍याउने बताएका छन् । उनले अबदेखि बिरामीको पालो मिचिने गुनासो पनि अन्त्य हुने बताए ।

अस्पतालमा उपचारका लागि आउने बिरामीहरूले अबदेखि आफूले लिन चाहने सेवा ओपिडी, स्वास्थ्य बीमा र बिलिङ काउन्टरका लागि नाम दर्ता गरी टोकन लिई बस्नुपर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस