सकिने चरणमा पुगेका वहुवर्षीय आयोजनालाई मात्रै बजेट दिन निर्देशन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सकिने चरणमा पुगेका वहुवर्षीय आयोजनालाई मात्रै बजेट दिन निर्देशन


१७ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वर्षको बजेटमा तुरुन्तै सकिने चरणमा पुगेका वहुवर्षीय आयोजनालाई मात्रै बजेट दिने बताएका छन् । चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनको ७ महिने समीक्षा बैठकमा प्रधानमन्त्री दाहालले वर्षौँदेखि घिटी-घिटी चलिरहेका वहुवर्षीय आयोजनामा केही समय बजेट रोक्ने बताएका हुन् ।

‘वहुवर्षीय स्रोत सुनिश्चित गरिए पनि तत्काल परिणाम ननिस्किने वर्षैंदेखि घिटी-घिटी चलिरहेका आयोजनामा बजेट रोकेर अर्को पटकका लागि बजेट दिनु नै सही हुन्छ,’ उनले भने,‘पुराना तर छिट्टै सम्पन्न हुनसक्ने र जनताले विकासको प्रत्यक्ष अनुभूत गराउन सक्ने आयोजनालाई यसपटक प्राथमिकतामा राखी बजेट दिएर छिटो काम सकाउनु उचित हुन्छ ।’

अहिले संकट भएकाले थोरै बजेट घटाएर ल्याउनुपर्छ भन्ने र संकट भएकाले समाधान गर्ने गरी यही बेलामामा राजस्वको थप क्षेत्र हेरेर झन् ठूलो बजेट ल्याउनुपर्छ भन्ने दुईथरि मत देखिएको पनि प्रधानमन्त्रीले बताए । छलफल गरेर सरकारले बीचको बाटोबाट निकास निकाल्ने उनले बताए ।

प्रधानमन्त्रीले बजेटमा थुप्रै नयाँ आयोजना राख्ने प्रवृत्ति रहेको भन्दै त्यसलाई कायम राख्दा अर्थतन्त्रलाई संकटमै पार्ने देखिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस