भ्रष्टाचार गरेको भन्दै शिक्षा शाखा प्रमुखमाथि कालोमोसो « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भ्रष्टाचार गरेको भन्दै शिक्षा शाखा प्रमुखमाथि कालोमोसो


१६ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । बर्दियाको बढैयाताल गाउँपालिका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ढकाललाई कालोमोसो दलिएको छ । मोहन वैद्य निकट अखिल क्रान्तिकारीले ढकाललाई कालोमोसो दलेका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए ।

आज बिहान कार्यालय गइरहेको सामयमा बाटोमा रोकेर ढकाललाई मालोमोसो दलिएको सुवेदीले बताए ।

यस घटनाले कर्मचारीहरू त्रसित भएको भन्दै प्रशासकीय अधिकृत सुवेदीले कार्यस्थलमा सुरक्षाको प्रत्याभूतिसँगै दोषीलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न माग गरेको छन् । 

पालिकामा रहेका शिक्षा सम्बन्धी विभिन्न काममा ढकालले भ्रष्टाचार गरेको आरोप लगाउँदै संगठनले कारबाही गरेको दाबी गरेको छ । ढकाललाई कारबाही गरेपछि जारी गरेको विज्ञप्तिमा विभिन्न आरोप लगाइएको छ ।

यता गाउँपालिकाले कार्यालय आउँदै गरेको कर्मचारीलाई लछारपछार गरी कालोमोसो दलेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस