नेताहरूको कार्यविभाजनबारे जनार्दन शर्माले राखे लिखितरुपमै फरक मत « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेताहरूको कार्यविभाजनबारे जनार्दन शर्माले राखे लिखितरुपमै फरक मत


१६ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीका नेताहरूको कार्य विभाजनप्रति फरक मत राखेका छन् ।

बुधबारको स्थायी कमिटी बैठकमा कार्य विभाजनप्रति असन्तुष्टि जनाउँदै उनले लिखितरुपमै फरक मत राखेका हुन् ।

शर्माले विधान अधिवेशन लगत्तै बसेको स्थायी समितिको बैठकमा विधानबारे एजेन्डा नै नराख्नु र पारित विषयलाई बेवास्ता गरी विधि विहीनतालाई निरन्तरता दिने उद्देश्य देखिनु दुःखद् कुरा भएको फरक मतमा उल्लेख गरेका छन् ।

विधान अधिवेशनबाट पारित भएका निर्णयहरू सम्पादन गरी तुरुन्त कार्यान्वयन गर्नुपर्ने उनको माग छ ।

कार्य विभाजन गर्दा पार्टी निर्माण गर्न संगठनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य राख्नुको सट्टा कतिपय प्रदेशहरूमा कार्य विभाजन गर्दा स्थायी समितिका सदस्यलाई समेत बेवास्ता गरी विधि विपरीत आफ्नो अनुकूलतामा निर्णय गरिएको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस