गैरसरकारी संस्थामाथि निगरानी गर्न लेखा समितिको निर्देशन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

गैरसरकारी संस्थामाथि निगरानी गर्न लेखा समितिको निर्देशन


१५ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । संसद्को सार्वजनिक लेखा समितिले नियमन बाहिर रहेका गैरसरकारी संस्थाहरूमाथि निगरानी गर्न निर्देशन दिएको छ।

समितिले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र समाज कल्याण परिषद्लाई सो निर्देशन दिएको हो ।

मन्त्री तथा परिषद्का पदाधिकारीसँगको छलफल गरेपछि समितिले नियन्त्रण बाहिर रहेका हजारौँ गैरसरकारी संस्थाको कार्य र आर्थिक हिसाब किताबमाथि नियमन गर्न निर्देशन दिएको हो। समाज कल्याण परिषद्को काम कारबाही र आर्थिक पाटोबारे लेखा समितिले त्यहाँका पदाधिकारीसँग विस्तृत छलफलपछि महत्त्वपूर्ण निर्देशनहरू जारी गरिएको समितिले जनाएको छ ।

लेखा समितिले नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था संविधानको मर्म भावना विपरीत स्वेच्छाचारी रूपमा सञ्चालन भइरहेका ठहर गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस