सरकारी जग्गा हत्याएको मुद्दामा मुछिएका माओवादी नेता पुरीले दिए राजीनामा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सरकारी जग्गा हत्याएको मुद्दामा मुछिएका माओवादी नेता पुरीले दिए राजीनामा


१५ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । भ्रष्टाचार मुद्दामा मुछिएपछि माओवादी केन्द्र कोशी प्रदेशका कोषाध्यक्ष रेवतराज पुरी (गगन) ले राजीनामा दिएका छन् । परिवारसहित उनीमाथि सार्वजनिक सम्पत्ति आफ्नो नाममा पारेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

झापाको दमक नगरपालिका-१३ र १४ स्थित बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दायर मुद्दाको प्रतिवादी १७२ जनाको सूचीमा पुरी पनि परेका छन् ।

उनी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा दायर मुद्दामा पनि दोषी ठहर भएका छन् । गगनविरुद्ध चार करोडभन्दा बढी सम्पत्तिको स्रोत नखुलेको भन्दै जरिवानासहित सजायको फैसला भएको थियो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई सम्बोधन गर्दै उनले राजीनामा बुझाएका छन् । उनले लेखेको राजीनामा पत्रमा आफ्नो पैतृक जमिनसँग सम्बन्धित भई विशेष अदालतले गरेको फैसला र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको कारण पार्टी छाड्नुपरेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस