इलाम-२ को अवस्था बुझ्न सहमहामन्त्री बुर्लाकोटीलाई पठाउँदै रास्वपा  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

इलाम-२ को अवस्था बुझ्न सहमहामन्त्री बुर्लाकोटीलाई पठाउँदै रास्वपा 


१४ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम-२ को अवस्था बुझ्न सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई खटाउने निर्णय गरेको छ ।

सोमबार बसेको सचिवालय बैठकले सहमहामन्त्री बुर्लाकोटीलाई उपनिर्वाचन केन्द्रित अवलोकन भ्रमणमा पठाउने निर्णय गरेको हो ।

टिकट पाइने आशाले अर्को दल छोडेर आउनेलाई उम्मेदवारमा प्राथमिकतामा नराख्ने झाले बताए । रास्वपाले उम्मेदवारका लागि स्थानीयलाई जोड दिने भएको छ । स्थानीय उम्मेदवारका बारेमा अध्ययन गर्न पनि क्षेत्रमै जानुपर्ने भएको सहमहामन्त्री बुर्लाकोटीले बताए ।

बझाङ प्रदेश सभातर्फ (क) मा हुने उप निर्वाचनमा उम्मेदवार बनाउने/नबनाउने विषयमा पनि सचिवालय बैठकमा छलफल भएको थियो । देशभर एउटा प्रदेश जिते पनि त्यसले तात्त्विक अर्थ नराख्ने भएकाले उम्मेदवार नबनाउने गरी बैठकमा राय आएको झाले बताए ।

१५ वैशाखका लागि उप निर्वाचन हुने गरी निर्वाचन आयोगले मिति तोकेको छ । उम्मेदवारका मनोनयन दर्ताको लागि २४ वैशाखलाई तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस