नेता धर्मेन्द्र बास्तोला दोषी ठहर « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

नेता धर्मेन्द्र बास्तोला दोषी ठहर


१४ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बाँस्तोला सवारी ज्यान मुद्दामा दोषी ठहर भएका छन् ।

जिल्ला अदालत, दाङले उनलाई सवारी ज्यान मुद्दामा दोषी ठहर गर्दै १ वर्ष कैद सजाय गर्ने आदेश सुनाएको अन्। 

अदालतका अनुसार न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले सवारी ज्यान मुद्दामा उनलाई दोषी ठहर गर्दै जेल र २ हजार रुपैयाँ सजाय सुनाएको हो ।

बाँस्तोलाले चलाएको बा ९ च ७१९८ नम्बरको स्कर्पियोले २ कात्तिकमा रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । घटनामा मोटरसाइकल चालक २९ वर्षीय वसन्तराम चौधरीको मृत्यु भएको थियो 

Tags :
प्रतिक्रिया दिनुहोस