सुन तस्करी जाँचबुझ आयोगको म्याद थप गर्ने निर्णय « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुन तस्करी जाँचबुझ आयोगको म्याद थप गर्ने निर्णय


१४ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । सरकारले सुन तस्करी जाँचबुझ आयोगको म्याद थप गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन मसान्त म्याद थप गर्ने निर्णय गरेको हो ।

आयोगले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट संकलन भएका केही थप प्रमाण र तथ्य प्राप्त हुन आएकाले सोको अध्ययन विश्लेषण गर्न र केही निकायबाट विवरण तथा जवाफ प्राप्त भइ नसकेकाले प्रतिवेदन लेखनमा ढिलाइ हुने भन्दै म्याद थपी दिन पत्र पठाएको थियो । 

सम्बन्धित समाचार : प्रतिवेदन लेखनमा जुट्यो सुन तस्करी छानबिन आयोग, म्याद थपको तयारी

Tags :
प्रतिक्रिया दिनुहोस