प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकरका परिवारलाई १० लाख दिने सरकारको निर्णय « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकरका परिवारलाई १० लाख दिने सरकारको निर्णय


१४ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । सरकारले सर्लाहीको बरहथवामा प्रदर्शनको क्रममा मृत्यु भएका ३० वर्षका जयशंकर साहका परिवारलाई १० लाख क्षतिपूर्ति उपलब्ध गराउने भएको छ । 

सोमबारको मन्त्रिपरिषद् बैठकले झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका साहका परिवारलाई आर्थिक सहायतास्वरूप १० लाख क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो ।

बरहथवा-६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेस प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली काँग्रेससहितका दलले गरेको प्रदर्शनको क्रममा प्रहरीसँग झडप हुँदा साहको निधन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस